तेक्वान्दो च्याम्पियनसिप माघ तेस्रो साता आयोजना हुदैँ

2 years ago

तेक्वान्दो च्याम्पियनसिप माघ तेस्रो साता आयोजना हुदैँ

नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाई किक स्पिड तेक्वान्दो च्याम्पियनसिप माघ तेस्रो साता आयोजना हुने भएको छ । 

कुल ६ डोजाङको आयोजनामा माघ १३ र १४ गते च्याम्पियनसिप हुने भएको हो । कुल ६ डोजाङले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजनाको बारेमा जानकारी गराएको थियो । च्याम्पियनसिप कोटेश्वर डोजाङमा सञ्चालन हुनेछ ।

उक्त च्याम्पियनसिपमा ६० विधाका पुम्से र ३० विधाका हाई स्पिड किकको प्रतिस्पर्धा हुने प्रतियोगिताका आयोजक समितिका सचिव अशोक खड्काले जानकारी दिनुभयो ।

हाई स्पिड किक नेपालमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको आयोजकले जनाएको छ । च्याम्पियनसिपमा २५ राष्ट्रका १ सय ३ खेलाडीले दुई विधामा प्रतिस्पर्धा गर्ने उहाँले बताउनु भयो ।

च्याम्पियनसिपमा मस्ट पपुलर खेलाडीले १ सय ५० अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन् । युटुबमा सर्वाधिक हेरिएको खेलाडीको भिडियोको आधारमा मस्ट पपुलर खेलाडी चयन हुनेछ । उत्कृष्ट महिला र पुरुष खेलाडीले १ सय अमेरिकी डलर पाउने छन् ।

यस च्याम्पियनसिपको आयोजकमा कोटेश्वर तेक्वान्दो डोजाङ, स्युचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीतान्जली स्कुल, मर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङ रहेका छन् ।