हालाण्डको उत्कृष्ट प्रदर्शनमा डर्टमण्डको जित

2 years ago

हालाण्डको उत्कृष्ट प्रदर्शनमा डर्टमण्डको जित

अर्लिङ हालाण्डको उत्कृष्ट प्रदर्शनमा जर्मन क्लब बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिग फुटबलमा सेभियालाई पराजित गरेको छ ।

बुधबार राति भएको पहिलो लेगमा डर्टमण्डले स्पेनिस क्लब सेभियालाई ३-२ ले पराजित गरेको हो । डर्टमण्डले सेभियालाई उसैको मैदानमा हराएको हो ।

खेलको सातौं मिनेटमा सुसोले गोल गर्दै सेभियालाई अग्रता दिलाए पनि महमुदले १९औँ मिनेटमा गोल गर्दै डर्टमण्डलाई १(१ को बराबरीमा ल्याए ।

२७औँ मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई २-१ को अवस्थामा पुर्‍याए । ४३औँ मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमण्डले ३-१ को अग्रता बनायो ।

खेलको ८४औँ मिनेटमा घरेलु टिमका लुक डी जोङले एक गोल गर्दै खेलमा फर्किने कोसिस गरे पनि डर्टमण्ड ३-२ ले विजयी भयो । दोस्रो लेग खेल मार्च ९ मा डर्टमण्डको मैदानमा हुनेछ ।