हलिउड अभिनेता एडी ह्याजलको गोली हानी हत्या

2 years ago

हलिउड अभिनेता एडी ह्याजलको गोली हानी हत्या

३० वर्षीय हलिउड अभिनेता एडी ह्याजलको गाली हानी हत्या भएको छ । एडीलाई टेक्सासको ग्रयाण्ड प्रेयरीमा आफ्नी प्रेमीकाको अपार्टमेण्ट बाहिर बसिरहेका बेला गाली प्रहार गरिएको थियो ।

आईतवार दिउँसो भएको घटनापछि उनलाई तत्काल अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । उनलाई गोली हान्नेको खोजी जारी रहेको बताइएको छ । एडीले एनसीबीको साइन्स फिक्शन सरफेसमा फिल नेन्सको रोलमा अभिनय गरेका थिए ।

उनलाई १० एपिसोडसम्म देखिएको थियो । त्यस्तै २०१० मा आएको फिल्म दी किड्स आर अल राइटमा पनि उनलाई क्लेको रोलमा देखिएको थियो ।