संसारकै सबैभन्दा शक्तिशाली अस्त्र सार्वजनिक गरिएको उत्तर कोरियाको दाबी

2 years ago

संसारकै सबैभन्दा शक्तिशाली अस्त्र सार्वजनिक गरिएको उत्तर कोरियाको दाबी

उत्तर कोरियाले ‘संसारकै सबैभन्दा शक्तिशाली अस्त्र’ सार्वजनिक गरेको दाबी गरिएको छ ।

उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको बलिस्टिक मिसाइल सार्वजनिक गरेको र उत्तर कोरियाको राजधानी प्योङयाङमा एक सैनिक परेड क्रममा   थुप्रै क्षेत्रहरुमा प्रदर्शन गरिएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएको छ ।  

प्रर्दशनअघि राजनीतिक बैठकमा संयुक्त राज्य अमेरिका उत्तर कोरियाको ‘प्रधान शत्रु’ भएको बिबिसीले जनाएको छ । सैनिक परेड अवलोकन गरेका किमले मुस्कुराउँदै अभिवादन गरिरहेको तस्वीर सार्वजनिक भएको छ ।

अमेरिकालाई चुनौती दिनकै लागि यी विशाल र नयाँ मिसाइल उत्तर कोरियाले सार्वजनिक गरेको बताइएको छ । कतिपय विश्लेषकहरूले उत्तर कोरियामा यसअघि कहिल्यै नदेखिएका अस्त्रहरू यसपटक देखिएको बताएका छन् ।