सुशान्त आत्महत्या प्रकरणमा दिल्ली हाईकोर्टले जारी गर्यो नोटिस

2 years ago

सुशान्त आत्महत्या प्रकरणमा दिल्ली हाईकोर्टले जारी गर्यो नोटिस

बलिउड स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतको डेथ केस कभरेजलाई लिएर दिल्ली हाईकोर्टले केहि मिडिया हाउस र पत्रकारलाई नोटिस जारी गर्दै जवाफ माग गरेको छ । यसमा रिपब्लिक टिभीका एग्जीक्यूटिभ एडिटर अर्णव गोस्वामी र टाइम्स नाउका एग्जीक्यूटिभ एडिटर नविका कुमार सामेल छन् ।

कोर्टले सोमवार यो नोटिस ३४ फिल्म प्रोड्यूसर्सको याचिकाको सुनुवाई पछि जारी गरेको हो । जसले न्यूज च्यानल्स र पत्रकारमाथि आफू र बलिउडलाई बदनाम गरेको आरोप लगाएका थिए ।