सेभियालाई पराजित गर्दै म्याड्रिड शीर्ष स्थानमा

2 years ago

सेभियालाई पराजित गर्दै म्याड्रिड  शीर्ष स्थानमा

मंगलबार राति भएको स्पानिस ला लिगाको खेलमा एट्लेटिकोले २-० गोलको जित हात पारेको छ । शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडले सेभियालाई पराजित गरेको छन । ‍

खेलको १७ औं  मिनेटमा कोरिआले गोल गरेर एट्लेटिकोलाई अग्रता दिलाए पछि खेलको  ७६ औं  मिनेटमा साउलले एट्लेटिकोको अग्रता दोब्बर बनाए ‍। लिगको अर्को खेलमा ग्रानडाले ओसासुनालाई २(० गोल नै पराजित ‍गरे र शीर्ष स्थानको एट्लेटिकोले १६ खेलबाट ४१ अंक जोडेको छ।

दोस्रो स्थानको रियल म्याड्रिडको १८ खेलबाट ३७ अंक र तेस्रो स्थानको बार्सिलोनाको ३४ अंक छ। सेभिया १७ खेलबाट ३० अंक जोड्दै छैटौं स्थानमा छ।