सबै जिल्लामा १०-१० वटा घर बनाइदिने : नायिका एलिजा गौतम

2 years ago

सबै जिल्लामा १०-१० वटा घर बनाइदिने : नायिका एलिजा गौतम

पत्रकार ऋषि धमालको धर्मपत्नी नायिका  तथा मोडल एलिजा गौतमले नयाँ अभियान सुरू गर्ने बताएकी छन्।

उनले देशका प्रत्येक जिल्लाका विकट गाउँमा १०-१० घर बनाइदिने बताएकी छिन्।बेलाबेलामा सामाजिक सेवामा लागेकी उनले यस पटक भने केही ठूलो र दिगो काम गर्ने योजना भएको बताइन्।

उनले यो कामको सुरुवात  चैत ११ गते आफ्नो  जन्मदिनको दिन देखि सुरुवात गर्ने बताएकी छिन् । गरिब, असहाय र विपन्नहरूका लागि ७७ ओटा जिल्लाको अति पिडितहरुलाई  प्रत्येक जिल्लामा १०-१० ओटा  घर बनाई दिने बताईन । उनले तत्कालै धादिङको एक विकट गाउँबाट यो अभियान सुरू गर्ने  बताइन्।

उनी सत्यराज चौलागाईंद्वारा निर्देशित फिल्म अनुरागबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिईन ।  उनी लकडाउन पछि म्युजिक भिडि‌ओमा सक्रिय देखिन्छिन्।