सेफिल्ड युनाइटेडमाथि म्यानचेस्टर युनाइटेडको जित

2 years ago

सेफिल्ड युनाइटेडमाथि म्यानचेस्टर युनाइटेडको जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले पूनरागमन जित हात पारेको  छ ।

बिहिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडमाथि उसकै मैदानमा ३-२ को जित निकालेको हो ।म्यानचेस्टर युनाइटेडलाई  पूनरागमन जित दिलाउनको लागि  मार्कुस रासफोर्डको दुई तथा एन्थोनी मार्सियालको एक गोल गरेका थिए ।

घरेलु टोली सेफिल्डका लागि दुवै गोल डेभिड म्याकगोल्डरिकले गरेका थिए ।घरेलु टोली सेफिल्डले खेलको पाँचौ मिनेटमा डेभिड म्याकगोल्डरिकको गोलबाट अग्रता लिएको थियो ।

एक गोलले पछि परेको युनाइटेडले खेलको ६औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । भिक्टर निल्सल लिन्डेलफको पासमा मार्कुस रासफोर्डले गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेलको ३३औं मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई खेलमा २-१ को अग्रता दिलाए ।

खेलको ५१औं मिनेटमा मार्सियालको पासमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई खेलमा ३-१ ले अघि बढाए । ८७औं मिनेटमा डेभिक म्याकगोल्डरिकले गोल गर्दै खेललाई ३-२ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल गर्न नसक्दा युनाइटेड विजयी हुन सफल भयो ।