स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाको जित

2 years ago

स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाको जित

स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाले संघर्षपूर्ण जित हात पारेको  छ । आइतबार राति भएको खेलमा भ्यालेन्सियाले रियल भायाडोलिटलाई १-० को  अन्तरले पराजित गरेको छ ।

खेलको ७६औँ मिनेटमा कार्लोसले भ्यालेन्सियाको लागि निर्णायक गोल गरेका थिए । खेलको ८७औँ मिनेटमा भ्यालेन्सियाकै म्यानुएलले गरेको गोलले  मान्यता पाएन ।

भीएआरको सहायताबाट उनी अफसाइट देखिएका थिए र जसको कारण भ्यालेन्सिया अग्रता दोब्बर बनाउन चुकेको थियो । घरेलु टिमविरुद्ध  जित निकालेसँगै भ्यालेन्सियाले १९ अंकसहित १३औँ स्थानमा पुगेको छ ।