स्पानिस ला लिगामा एट्लेटिकोले सेल्टाभिगोसँग २-२ को बराबरी खेल्दै अंक बाँडे

2 years ago

स्पानिस ला लिगामा एट्लेटिकोले सेल्टाभिगोसँग २-२ को बराबरी खेल्दै अंक बाँडे

सोमवार राति भएको घरेलु मैदानमा लुयस सुआरेजले दुई गोल गरे पनि एट्लेटिकोले सेल्टाभिगोसँग २-२ को बराबरी खेल्दै अंक बाँडेर खेल बराबरीमा रोकिएको छ । ‍

खेलको १३औं मिनेटमा सान्टी मिनाले गोल गर्दै सेल्टालाई पहिले अग्रता दिलाएका थिए । तर ४५औं मिनेटमा सुआरेजले गोल गर्दै पहिलो हाफमै खेल बराबरीमा ल्याएको हो। ५०औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २-१ को अग्रता दिलाएका थिए ।

एट्लेटिको जित नजिक पुगेका बेला सेल्टाले खेलको अन्त्यतिर बराबरी गोल फर्कायो र खेल सकिन एक मिनेट बाँकी छँदा फकुण्डो फेरेराले सल्टाका लागि बराबरी गोल फर्काउदैँ अंक खोस्न सहयोग गरे। बराबरीपछि एट्लेटिको २१ खेलमा ५१ अंकसहित शीर्ष स्थानमै यथावत छ।

एट्लेटिकोले दोस्रो स्थानको बार्सिलोनासँग ८ अंकको अग्रता बनाएको छ र अझैँ एक खेल कम खेलेको छ । बार्सिलोनाको २२ खेलबाट ४३ अंक छ भने २२ खेलबाट २६ अंक रहेको सल्टाभिगोल दशौँ स्थानमा छ ।