सेनाद्वारा म्यानमामा एक वर्षको संकटकाल घोषणा

2 years ago

सेनाद्वारा म्यानमामा एक वर्षको संकटकाल घोषणा

म्यानमामा प्रजातन्त्रबादी नेत्री आङसाङ सुकी लगायतका केही नेतालाई पक्राउ गरेको केही घण्टामा नै त्यहाँको सेनाले देशका विभिन्न भाग आफ्नो नियन्त्रणमा लिएर एक वर्षसम्मका लागि संकटकालको घोषणा गरेको छ ।

त्यहाँको सैनिक टेलिभिजनले एक वर्षसम्मका लागि संकटकालको घोषणा भएको उल्लेख गरेको बीबीसीले समाचारमा जनाएको छ । गएको डिसेम्बरमा गरिएको निर्वाचनमा सुकीको पार्टी नेशनल लिग फर डोमोक्रेसीले स्पष्ट बहुमत ल्याए पनि सेनाले सो निर्वाचनमा धाँधली भएको भन्दै अस्वीकार गर्दै आएको थियो ।