सिनेटमा ट्रम्पमाथिको महाअभियोगमा सुनुवाइ शुरु

2 years ago

सिनेटमा ट्रम्पमाथिको महाअभियोगमा सुनुवाइ शुरु

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोगको सुनुवाइ प्रक्रिया सिनेटमा औपचारिक रुपमा शुरु भएको छ । सिनेटमा भएको मतदानमा महाअभियोग संविधान सम्बद्ध रहेको घोषित भएपछि सुनुवाइ प्रक्रिया अघि बढेको हो ।

महाअभियोगको सुनुवाइ प्रक्रिया अघि बढाउने पक्षमा डेमोक्र्याटिक पार्टीका सबै ५० तथा रिपब्लिकनका ६ सिनेटरले मत दिएका छन् ।

सुनुवाइ प्रक्रिया अघि बढे पनि सिनेटले ट्रम्पलाई दोषी ठहर गर्ने सम्भावना भने कम रहेको बीबीसीले जनाएको छ ।

यसअघि पूर्व राष्ट्रपति ट्रम्पका वकिलहरुले उनीमाथि लागेको महाअभियोगको जवाफ प्रस्तुत गरेका थिए । उनीहरुले जनवरी ६ तारिखमा संसद भवनमा भएको हिंसात्मक आक्रमणमा ट्रम्पको कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन् ।