साउदीमा एक हप्ता हवाई उडान स्थगित

2 years ago

साउदीमा एक हप्ता हवाई उडान स्थगित

साउदी अरेबियाले व्यावसायिक यात्रुबाहक हवाई उडानलाई  कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरिएको  छ ।

गृह मन्त्रालयका अनुसार अधिकारीक व्यक्तिको विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने बताएका छन् । साउदीमा रहेका विदेशी नागरिक तथा कार्गो सामान ओसारपसारका लागि हवाई उडान खुल्ला गरिएको साउदी सरकारले बताएको छ ।

बेलायतमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएकोले साउदी अरबले हवाई उडान  बन्द गरेको हो । आगामी डिसेम्बर २९ र जनवरी १ अर्थात २ मा ओमान र कुवेतले  प्रतिबन्ध फुकुवा गर्ने बताएका छन् ।

 साउदी अरेबियामा हालसम्म ३ लाख ६२ हजार व्यक्ति कोरोना संक्रमित भएको पाइएको छ । यहाँ छ हजार भन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।