शाहरुख खानको फिल्म पठानको रिलिज डेट सार्वजनिक

2 years ago

शाहरुख खानको फिल्म पठानको रिलिज डेट सार्वजनिक

बलिउड सुपरस्टार शाहरुख खानले लामो समयदेखि फिल्ममा काम गरेका छैनन् । तर नोभेम्बरमा उनी पठान फिल्मको शूटिङ गर्ने भएका छन् । यो फिल्ममा उनको साथमा जोन अब्राहम र दीपिका पादुकोण पनि छिन् ।

पहिला शाहरुखको सोलो भाग शूटिङ गरिनेछ । जोन र दीपिका भने अर्को वर्षमा शूटिङ गर्नेछन् । वारका निर्देशक सिद्धार्थ आनन्दले यसलाई निर्देशन गर्ने भएका छन् । पठानमा पनि जबरजस्त एक्शन देखिनेछ ।

यो फिल्मको रिलिज डेट आउँदो वर्ष २०२१ को तिहारमा हुनेछ ।