वेस्ट ह्याम प्रिमियर लिगमा विजयी

2 years ago

वेस्ट ह्याम प्रिमियर लिगमा विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम विजयी भएको छ । सोमबार राति भएको खेलमा वेस्ट ह्यामले एस्टन भिल्लालाई २–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्यामका लागि खेलको दोस्रो मिनेटमै एन्जेलो ओग्बोनाले गोल गरे ।

२५औँ मिनेटमा एस्टन भिल्लाका ज्याक ग्रिलेसले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ४६औँ मिनेटमा ज्यारोड बोवेनले गोल गर्दै वेष्ट ह्यामको जित सुनिश्चित गरे । जितपछि वेष्ट ह्याम १० खेलबाट १७ अंक जोड्दै पाँचौँ स्थानमा उक्लिएको छ । एस्टन भिल्ला भने ९ खेलमा १५ अंक जोड्दै तालिकाको १०औँ स्थानमा छ ।