विश्व कप २०२२ को छनोट लगायत विभिन्न प्रतियोगिता अखिल नेपाल फुटवलसंघ एन्फाले सञ्चालन गर्दै

2 years ago

विश्व कप २०२२ को छनोट लगायत विभिन्न प्रतियोगिता अखिल नेपाल फुटवलसंघ एन्फाले सञ्चालन गर्दै

विश्व कप २०२२ को छनोट लगायत विभिन्न प्रतियोगिता अखिल नेपाल फुटवलसंघ एन्फाले सञ्चालन गर्ने निर्णय गरेको छ । 

मंगलबार काठमाडौंमा सम्पन्न एन्फाको १९ औं साधारण सभाले कोरोना भाइरसका कारण बाँकी रहेका प्रतियोगिता २०७८ भित्र गर्ने एन्फाले निर्णय गरेको हो ।

सधारण सभाले विभिन्न प्रतिवेदनहरु समेत पारित गरेको अखिल नेपाल फुटवलसंघ एन्फाका प्रवक्ता किरण राईले जानकारी दिनुभयो । उहाँले अध्यक्षको वार्षिक प्रतिवेदन र एन्फाको आयव्य सम्बन्धी प्रतिवेदन समेत अनुमोदन गरेको बताउनु भयो । 

एन्फाको संशोधित विधान अनुसार वरिष्ठ उपाध्यक्ष निर्वाचनमार्फतनै टुङ्गो लाग्ने र साधारण सभाले वरिष्ठ उपाध्यक्षको समेत निर्वाचनबाटै टुङ्गो लगाउने निर्णय गरेको प्रवक्ता राईको भनाई छ ।

बैठकले एन्फाको वार्षिक बजेटलाई समेत पारित गर्दै राष्ट्रिय लिग सहितका एन्फाको ८२ करोड ६६ लाख ४२ हजार रुपैयाँको वार्षिक कार्यक्रमलाई साधारण सभाले पारित गरेको प्रवक्ता राईले बताउनु भयो ।