विवाह गर्दै अभिनेत्री स्वेता

2 years ago

विवाह गर्दै अभिनेत्री स्वेता

अभिनेत्री स्वेता खड्काको विवाह पक्का भएको छ । यहीँ २२ मंसिरमा उनले प्रेमी विजयन्द्र सिहं रावतसँग विवाह गर्न लागेकी हुन् ।

स्वेता र विजयन्द्र केही समयदेखि प्रेममा थिए । उनीहरुको विवाहको चर्चा केही समय अगाडिदेखि नै चलेको थियो । तर, उनीहरुले आधिकारिक रुपमा भने यस कुरालाई स्वीकार गरेका थिएनन् ।

अन्ततस् अभिनेत्री स्वेताको विवाहको कार्ड नै बाहिरिएपछि उनीहरुले विवाह गर्न लागेको पक्का भएको हो । स्वेता आफैँले पनि विवाह हुन लागेको पुष्टि गरिसकेकी छिन् ।सार्वजनिक भएको विवाहको कार्ड अनुसार स्वेताको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ । विवाहमा दुई परिवारका निकट सदस्यहरु मात्र उपस्थित हुनेछन् ।

अभिनेत्री खड्काले २३ असार, २०७१ मा अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । तर, विवाहको एक महिनापछि १५ साउनमा श्रीकृष्ण श्रेष्ठको निधन भएको थियो ।श्रीकृष्णको निधनपछि केही समय बिछिप्त बनेकी स्वेता अहिले चलचित्र क्षेत्रसँगै व्यापारमा सक्रिय छिन् ।