वल्भ्सलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड प्रिमियर लिगको दोस्रो स्थानमा

2 years ago

वल्भ्सलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड प्रिमियर लिगको दोस्रो स्थानमा

मार्कुस रासफोर्डले इन्जुरी टाइममा गरेको निर्णायक गोलको मद्दतमा वल्भ्सलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड प्रिमियर लिगको दोस्रो स्थानमा पुगेको छ ।

मंगलबार राति भएको खेलमा रासफोर्डकै एक मात्र गोलमा वल्भ्सलाई १-० ले हराउदै युनाइटेड दोस्रो स्थानमा पुगेको हो । खेलको ९० मिनेटसम्म बराबरी बनेपनि इन्जुरी टाइमको चौथो मिनेटमा रासफोर्डले ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै युनाइटेडलाई ३ अंक दिलाए ।

जितपछि १५ खेलबाट ३० अंक जोड्दै युनाइटेड दोस्रो स्थानमा पुगेको हो । शीर्ष स्थानको लिभरपुलको समान खेलबाट ३२ अंक जोडेको छ । १६ खेलबाट २१ अंक रहेको वल्भ्स १२औं स्थानमा रहेको छ ।

ब्राइटनलाई १-० ले हराउदै आर्सनल १३औं स्थानमा पुगेको छ । अवे मैदानमा आर्सनलालई जिताउन अलेक्जान्डर लाकाजेटले ६६औं मिनेटमा निर्णायक गोल गरे । जितपछि १६ खेलबाट २० अकं जोड्दै बर्सनल १३औं स्थानमा पुगेको हो ।