विपक्षीको जुलुस रोक्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

2 years ago

विपक्षीको जुलुस रोक्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विपक्षीहरुले लाहोरमा निकाल्ने भनेको जुलुश तत्कालका लागि रोक्न आग्रह गर्नुभएको छ । हाल  कोरोना भाइरस रहिरहेकोले जुलुश निकाल्दा  संक्रममण बढ्ने भएकोले जुलुस नर्गन आग्रह गरिएको हो ।

विभिन्न ११ वटा  विपक्षी दलहरुले  यही डिसेम्बर १३ मा पाकिस्तानको लाहोरमा विशाल जुलुश निकाल्ने तयारी गरेका छन् । यसअघि  नै सरकारले सो नारा जुलुश र सरकारका विरुद्धमा हुने भनिएको विरोध प्रदर्शनको कामलाई रोक्नका लागि पटक पटक आग्रह गर्दै आएको छ ।