ला लिगा खेलमा अलाभेज र सोसिडाड बराबरीमा रोकियो

2 years ago

ला लिगा खेलमा अलाभेज र सोसिडाड बराबरीमा रोकियो

गएराति भएको खेलमा स्पानिस ला लिगा अन्तर्गत  रियल सोसिडाड अलाभेजसँग बराबरीमा रोकिएको छ ।

अघिल्लो दिन रियल भाल्लोडोलिडलाई पराजित गर्दै एट्लेटिको मड्रिड शीर्ष स्थानमा पुगेको  थियो । खेल बराबरी भएपछि १२ खेलबाट २५ अंकसहित सोसिडाड दोस्रो स्थानमै रह्यो ।अलाभेज १२ खेलबाट १४ अंकसहित ११औं स्थानमा रहेको छ ।

यस्तै अर्को खेलमा भियारियालले घरेलु मैदानमै एल्चेसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । बराबरीपछि १२ खेलबाट २१ अंक जोडेको भियारियला रियल मड्रिडलाई पछि पार्दै तेस्रो स्थानमा पुगेको छ ।