लिभरपुल साउथह्याम्टनसँग १-० गोल अन्तरले पराजित

2 years ago

लिभरपुल साउथह्याम्टनसँग १-० गोल अन्तरले पराजित

सोमवार राति भएको खेलमा लिभरपुल साउथह्याम्टनसँग १-० गोल अन्तरले पराजित भएको हो । 

प्रिमियर लिगमा लिभरपुलको  दोस्रो हार हो । यसअघि लिभरपुल एस्टन भिल्लासँग ७-२ ले पराजित भएको थियो । खेलको दोस्रो मिनेटमै लिभरपुल पछि परेको थियो ।

ड्यानी विङ्सले जेम्स वार्ड प्रोउजको पासमा गोल गर्दै साउथह्याम्टनलाई अग्रता दिलाएका थिए ।

लिभरपुलको १७ खेलबाट ३३ अंक जोडेको छ । एक खेल कम रहेको म्यानचेस्टर युनाइटेडको पनि ३३ अंक जोडेको छ । साउथह्याम्टन २९ अंक जोडेर छैटौ स्थानमा पुगेको छ ।