रुसको राष्ट्रपति पुटिनले जनवरीमा दिन सक्छन् राजीनामा

2 years ago

रुसको राष्ट्रपति पुटिनले जनवरीमा दिन सक्छन् राजीनामा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी जनवरीमा पदबाट राजीनामा दिन सक्ने बताएको छ । ६८ वर्षीय पुटिनलाई पर्किन्सन नामक रोगसँग मिल्दो लक्षण देखिएसँगै उनले राजीनामाको तयारी गरेका हुन् । गएको भ्लादिमिर पुटिनलाई फुटेज हेर्दा पनि उनको स्वास्थ्य अवस्था ठीक नभएको जनकारी दिएका छन् ।

पुटिनकी लामो समयदेखिकी प्रेमिका र उनका दुई छोरीहरुको आग्रहको कारण उनले राजीनामा दिने तयारी गरिरहेको हुन सक्ने आकलन गरिएको छ । रुसमा पुटिनले पछिल्लो दुई दशकदेखि प्रधानमन्त्री वा राष्ट्रपतिको रुपमा रुसको छन् ।

हालै समयमात्र उनले संवैधानिक संशोधनको प्रस्ताव गरेका अनुसार उनी सन् २०३६ सम्म रुसको सत्तामा रहन सक्छन् । करिब ७८ प्रतिशत रुसी नागरिकले संवैधानिक संशोधनको पक्षमा मतदान गरेका छन् । यो संशोधनको प्रस्तावमा समलिङ्गी विवाहमा प्रतिबन्धको व्यवस्था पनि राखिएको छ ।