राष्ट्रिय महिला लिग फुटबलमा लगातार पाँचौ जित; एपीएफ क्लब

2 years ago

राष्ट्रिय महिला लिग फुटबलमा लगातार पाँचौ जित; एपीएफ क्लब

साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार पाँचौ जित निकालेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा स्याङ्गजाको वालिङ नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै एपीएफले अपराजित यात्रा कायम राखेको हो । एपीएफको जितमा सावित्रा भण्डारीले दुई गोल गरिन् ।

यस्तै प्रिती राईले एक गोल थपिन् । जितसंगै एपीएफले ५ खेलमा १५ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । वालिङ ५ खेलमा ५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

त्यस्तै शनिबार नै भएको अर्को खेलमा चौदण्डीगढी नगरपालिकालाई ६–० गोल अन्तरले पराजित गर्दै विराटनगरले दोस्रो जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विराटनगरलाई जित दिलाउन अनु राईले दुई गोल गरिन् ।

यस्तै ईमा राई, मनिषा थापा मगर, कुशुम खतिवडा र पार्वती घलेले एक एक गोल गरिन् । जितसँगै विराटनगरले ४ खेलमा ७ अंक जोडेको छ । विराटनगर तेस्रो स्थानमा उक्लिएको छ । चौदण्डीको यो लगातार चौंथो हार हो । ४ खेलमा अंक विहीन चौदण्डी पुछारमा रहेको छ ।