राष्ट्रिय महिला लिग फुटबलमा चन्द्रपुर नगरपालिकाको पराजित

2 years ago

राष्ट्रिय महिला लिग फुटबलमा चन्द्रपुर नगरपालिकाको पराजित

स्याङ्गजाको वालिङ नगरपालिकाले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा चन्द्रपुर नगरपालिकालाई पराजित गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा वालिङले चन्द्रपुरलाई ३–० गोल अन्तरले पराजित गरेको हो । वालिङको जितमा मेथो रुथले दुई गोल गरिन् । यस्तै टोउटा ओर्नेलाले एक गोल थपिन् । वालिङको यो लिगमा दोस्रो जित हो । जितसंगै वालिङले ६ खेलमा ८ अंक जोडेको छ ।

वालिङ तेस्रो स्थानमा उक्लिएको छ । चन्द्रपुरले ६ खेलमा ३ अंक जोडेको छ । चन्द्रपुरको यो पाँचौ हार हो । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ ।