रिया र उनका भाई शोविक जेलमै रहने पक्का, याचिका खारेज

2 years ago

रिया र उनका भाई शोविक जेलमै रहने पक्का, याचिका खारेज

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । त्यसपछि उनको आत्महत्या प्रकरणबारे अहिले सीबीआईले अनुसन्धान गरिरहेको छ ।

यसैबीच सुशान्त आत्महत्या केसमा उनकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई ड्रग्स कनेक्शनमा समावेश रहेको पाइएपछि जेलमा राखिएको छ ।

उनलाई १४ दिनको जेल सजाय सुनाईएको हो । रियासहित रियाका भाई शोविक, सुशान्तकी हाउस म्यानेजर स्यामूल मिराण्डासहित ६ जनाको याचिका अदालतले खारेज गरेको हो ।

रिया, शोविक, दीपेश सावन्त, स्यामूल मिराण्डा, जैद र बासित परिहार रहेका छन् । यो सानो गल्ती नभएको भन्दै उनीहरुको याचिका खारेज गरिएको हो।

अब उनीहरु सबै २२ सेप्टेम्बर सम्म जेलमै रहने पक्का भएको छ ।