रोजगारीका लागि विभिन्न समय कुवेत पुगेर अलपत्र परेका ११ नेपाली स्वदेश फर्किए

2 years ago

रोजगारीका लागि विभिन्न समय कुवेत पुगेर अलपत्र परेका ११ नेपाली स्वदेश फर्किए

रोजगारीका लागि विभिन्न समय कुवेत पुगेर अलपत्र परेका ११ नेपाली स्वदेश फर्किएका छन् । विगत लामो समयदेखि कुवेतस्थित एक स्वीट कम्पनीमा कार्यरत १७ नेपाली कामदारहरुलाई कोरोनाको करणले  पारिश्रमिक नदिएर अलपत्र अवस्थामा छोडेको थियो ।

अलपत्र पारिएका १७ जना कामदारहरु मध्ये घर फर्किन बाँकी रहेका थप ११ जना नेपालीलाई गैरआवसीय नेपाली संघ  कुवेतले उद्धार गरि स्वदेश पठाइएको संघका महासचिव दिल कुमार पाख्रिनले जानकारी दिए ।

कम्पनीले पाँच महिनाको पारिश्रमिक नदिइ अलपत्र परेपछि सकुशल स्वदेश फर्काइदिन पीडितहरु त्यहाँ रहेको नेपाल दूतावास पुगेका थिए ।

लामो समयदेखि उद्धारको पर्खाइमा रहेका उनीहरुलाई दूतावासको पहल कदमी तथा एनआरएनएको सहयोगमा स्वदेस फर्काउन सफल भएको महासचिव पाख्रिनले बताए ।

उनीहरुलाई एनआरएनएले हवाई टिकट तथा कोरोना परीक्षण गराएर राहदानी दिलाउन कर्फ्युको समयमा पनि संघले कुवेत अन्तर्राष्ट्रिय विमानस्थल सम्म यातायातको ब्यवस्था गरि स्वदेश पठाएको उनले बताए । 

पीडितहरुका लागि विभिन्न समयमा चरणवद्ध वार्ता गरिएको भए पनि कम्पनिबाट कुनै किसिमको क्षतिपूर्ति नपाउदा उनीहरु रित्तो स्वदेश फर्किएका छन् । उक्त कम्पनीले अलपत्र परेका १७ मध्ये ६ जना यसघि नै फर्किसकेका छन् ।

यसघि पनि एनआरएनएले महामारीका कारण कुवेतमा अलपत्र श्रमिकहरु, रोजगारी गुमाएर, विभिन्न रोग लगेर विरामीसहित ४१ नेपालीको उद्धार गरि स्वदेश पठाइसकेको छ ।

पछिल्लो समयमा कुवेतका विभिन्न कम्पनीहरुले कोरोना महामारीको करण देखाउदै कामदारलाई पारिश्रमिक नदिइ कामबाट निकाल्ने गरेका छन् ।