यूईएफए च्याम्पियन्स लिगमा फेरेन्कभारोमाथि सानदार जित

2 years ago

यूईएफए च्याम्पियन्स लिगमा फेरेन्कभारोमाथि सानदार जित

इटालियन क्लब युभेन्टसले यूईएफए च्याम्पियन्स लिगमा फेरेन्कभारोमाथि सानदार जित लिएको छ । गए राति भएको खेलमा युभेन्टसले फेरेन्कभारोसलाई ४/१ को फराकिलो अन्तरले पराजित पारेको हो । खेलको सातौं मिनेटमा नै पाहुना टोली युभेन्टसले मोराटाको गोलले अग्रता लियो ।

जुआन क्वाडराडोले पेनाल्टी क्षेत्र भित्रबाट दिएको लो क्रसमा रोनाल्डो र विपक्षी गोलरक्षक समेत बिट भएपछि फार पोस्टमा रहेका मोराटाले सहजै गोल गरेका थिए । खेलको ६०औँ मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे । ७२ औँ मिनेटमा डिबालाले गोल गर्दा युभेन्ट्सले लिगमा ३ गोलको अग्रता बनायो ।

८१औँ मिनेटमा फेरेनकभारोसका लासा डिभालीले आत्मघाती गोल गर्दा युभेन्ट्सले ४ गोलको अग्रतासँगै जिततर्फ लम्कियो । ९०औँ मिनेटमा बोलीले फेरेनकभारोसका लागि गोल गरे पनि टिमको हार टार्न सकेनन् । जितसँगै युभेन्टस्‌ले समूह ‘जी’मा ३ खेलबाट ६ अंक जोडेको छ । युभेन्टस्‌ समूहको दोस्रो स्थानमा छ । पराजित फेरेनकभारोसको एक अंक छ ।