महिला राष्ट्रिय लिग फुटबलमा ‍एपीएफको जित

2 years ago

महिला राष्ट्रिय लिग फुटबलमा ‍एपीएफको जित

महिला राष्ट्रिय लिग फुटबलमा ‍उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२(० ले पराजित गर्दै   एपीएफले फराकिलो जित हात पारेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन् । उनले पहिलो हाफमा १२ र दोस्रो हाफमा १० गोल गरेको थियो । यस लिगमा यो अहिलेसम्मको सर्वाधिक गोल र फराकिलो जित  हो ।

डबल राउण्ड रोविन लिगमा सिंगल लिगका ६ वटै खेल खेलिसकेको लिग लिडर एपीएफले लगातार ६ खेल जित जित्दै १८ अंक जोडेको छ । चौदण्डीगढीको भने यो लगातार पाँचौ हार हो र अंकविहीन हुँदै पुछारमा छ ।

लिग अन्तर्गत सोमबार नै भएको पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले मोरङको विराटनगर महानगरपालिकालाई ७(० ले पराजित गरेको छ भने आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन् । यस्तै विमला चौधरीले दुई, रश्मी घिसिङ र विमला बिकले एक(एक गोल गरिन् ।

विराटनगरविरुद्ध आर्मीले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा ४ गोल गरेको थियो ।जितपछि ५ खेलबाट १० अंक जोड्दै आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । ५ खेलबाट ७ अंक रहेको विराटनगर चौथो स्थानमा छ ।