महंगीइन स्वस्तिमा

2 years ago

महंगीइन स्वस्तिमा

अहिलेकी चल्तीकी नायिका स्वस्तिमा खड्का चलचित्र ‘चिसो मान्छे’मा अनुवन्धित भएकी छिन् । बुधबार चलचित्रर्की निर्मात्री शर्मिला पाण्डे र नायिका खड्काविच  संझौता भएको हो ।

दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो चलचित्रका लागि स्वस्तिमाले १८ लाख पारिश्रमिक लिएकी  छिन् । निर्मात्री पाण्डेले भने स्वस्तिमाको भूमिका नै बेजोड खालको भएको भन्दै पारिश्रमिकको बिषयमा बहस गर्न आवश्यक नरहेको बताइन् ।

यो चलचित्रले मानिसहरुमा देखिएको नैराश्यताको कथालाई प्रस्तुत गर्नेछ । नायिका खड्काले निर्देशक निश्चल बस्नेतको निर्देशनमा बन्ने चलचित्र ‘जिन्दाबाद’मा पनि काम गर्ने तयारी गरेकी छिन् ।