मिस तामाङ २०२१ को तयारी सुरू

2 years ago

मिस तामाङ २०२१ को तयारी सुरू

तामाङ जातिको सौन्दर्य प्रतियोगिता ‘मिस तामाङ २०२१’को तयारी सुरू भएको छ । शनिबार प्रतियोगिताका लागि  काठमाडौँमा भएको पहिलो चरणको अडिसनमा १८ जनाले सहभागिता जनाएका थिए ।

एभरेष्ट फेसन होमद्वारा आयोजना गरिएको १३ औं संस्करणको प्रतियोगिताको पहिलो चरणको अडिसनबाट काठमाडौंकी शिष्मा लामा, काभ्रेकी प्रतिभा तामाङ, सफलता तामाङ, संगीता लामा, सुजाता तामाङ, रिमा लामा, सिता दोङ, दिपाशा लामा दोङ र प्रतिभा लामा, रामेछापकी ज्योति लामा, नुवाकोटकी सुनिता तामाङ, सिन्धुलीकी गंगामाया रुम्बा र पासाङ ब्लोन, दोलखाकी अनिता तामाङ, धादिङकी आनन्दी तामाङ, रसुवाकी सविना गोले, भक्तपुर नगरकोटकी सफिला थिङ, धरानकी बिनिता तामाङ छनौट भएका छन् ।

तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई युवामाझ पुर्याउने उद्देश्यले विगत २००९ देखि यो प्रतियोगिता गर्दै आइरहेको छ ।अडिसनबाट छनौट भएकालाई एक महिनाको तालिम दिइने होमकी अध्यक्ष रञ्जिता ब्लोन तामाङले जानकारी दिइन् ।

२८५७ औं सोनाम ल्होछारको अवसर पारेर आयोजना गर्न लागेको प्रतियोगिताकोप फैनल होटल र्‍याडिसनमा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर, फस्ट रनरअपले ५० हजार रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर र सेकेण्ड रनरअपले नगद ३० हजार रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर पाउनेछ । प्रतियोगितामा सहभागी १० जनालाई विभिन्न सबटाइटल पुरस्कार प्रदान गरिनेछ।