मलेसियामा कोरोना नियन्त्रण गर्न संकटकाल गर्ने निर्णय

2 years ago

मलेसियामा कोरोना नियन्त्रण गर्न संकटकाल गर्ने निर्णय

विश्वभरी फैलिएको कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल गर्ने निर्णय गरेको  छ । 

मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकालको  घोषणा गरेका हुन् । यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुकुलो पनि हुनसक्ने दरबार स्रोतले जनाएको छ ।

पछिल्लो कोभिड १९ तथ्याङ्कलाई समेत आधार मानेर यो निर्णय लिइएको हो,’ राजदरबारद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ । राजा र प्रधानमन्त्रीबीच सोमबार साँझ भेटघाट भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

पछिल्लो समय मलेसियामा दैनिक २ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ । हाल मलेसियामा कुल १ लाख ३८ हजारभन्दा बढी कोरोना संक्रमित रहेका  छन ।