मलेसियामा आफ्ना कामदारको कोरोना परीक्षण नगर्ने रोजगारदातालाई कारबाही

2 years ago

मलेसियामा आफ्ना कामदारको कोरोना परीक्षण नगर्ने रोजगारदातालाई कारबाही

अब आउँदो जनवरी १ अर्थात पुस १७ गतेदेखि मलेसियाको सरकारले विदेशी कामदारहरुको अनिवार्य रुपमा कोरोना परीक्षण गर्नुपर्ने नियम लागू गर्ने भएको छ । मलेसियाको सरकारले जनवरी १ देखि कामदारको कोरोना परीक्षण  नगरिदिने रोजगारदातालाई कारबाही गरिने बताएको छ ।

डिसेम्बर १ देखि नै मलेसिया सरकारले क्लालाम्पुर, पेनाङ, नेग्री सेम्बिलान र सभा राज्यका सबै क्षेत्रमा काम गर्ने कामदारको कोरोना परीक्षण रोजगारदाताले गर्नुपर्ने जनकारी गरिएको थियो । तर अब जनवरी १ देखि भने कामदारको कोरोना परीक्षण नगर्ने रोजगारदातालाई कारबाही हुने भएको छ ।