म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु

2 years ago

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु

म्यानमारमा सैनिक ‘कू’को विरोध गर्नेहरुमाथि सुरक्षा बलले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार सुरक्षाकर्मीले देशको दोस्रो ठूलो शहर माण्डलेमा गोली चलाउँदा दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो ।

यसअघि पनि प्रदर्शनकारीको एक र्‍यालीमा सुरक्षाकर्मीले गोली चलाउँदा एक महिलाको मृत्यु भएको थियो । फ्रिन्टियर म्यानमारको रिपोर्ट अनुसार माण्डलेमा सुरक्षाकर्मीले चलाएको गोली टाउकोमा लागेर एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको छ ।

छातीमा गोली लागेका अर्का एक व्यक्तिको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । गत माघ १९ मा म्यानमारको सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकी लगायतका नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएको थियो ।