म्यानमारमा सुरक्षाकर्मीको गोलीबाट १२ जनाको मृत्यु

2 years ago

म्यानमारमा सुरक्षाकर्मीको गोलीबाट १२ जनाको मृत्यु

म्यानमारमा सुरक्षाकर्मीको गोलीबाट १२ जनाको ज्यान गुमाएका छन् । शनिवार श्रद्धान्दान्जली सभामा सुरक्षार्मीले अन्धाधुन्ध गोली चलाएर १३ वर्षीय बालकसहित १२ सर्वसाधारणको हत्या गरेका हुन् ।

सैन्य शासकको गोलीबाट हत्या गरिएका एक छात्रको पुन्यतिथिमा सहभागी भएका नागरिक माथि सुरक्षाकर्मीले गोली चलाएका थिए । म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मन्डले र प्याये शहरमा उनीहरुको ज्यान गएको रोयटर्सले जनाएको छ ।

केही हप्ता अघि मृत्यु भएका युवकको पुण्य तिथिमा म्यानमारका विभिन्न शहरमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो । गोली लागेर कैयौं घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार घाइतेलाई अस्पताल लगिएको छ तर उनीहरुको पहिचान गर्न सुरक्षाबलले रोकेको जनाइएको छ ।

गत फेब्रुअरी १ मा सेनाले ‘कू’ गरेर सत्ता हातमा लिएयता सुरक्षाकर्मीको गोलीबाट ७० भन्दा बढी नागरिकको ज्यान गइसकेको छ । लोकतन्त्रवादी नेतृ आङसाङ सुकी लगायतका शिर्ष नेतालाई नजरबन्दमा राखिएको छ ।