म्यानमारमा बिहीवार भएको प्रदर्शनमा थप ७ जनाको मृत्यु

2 years ago

म्यानमारमा बिहीवार भएको प्रदर्शनमा थप ७ जनाको मृत्यु

म्यानमारमा बिहीवार भएको प्रदर्शनमा थप ७ जनाको मृत्यु भएको छ । स्थानीय मिडिया र प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रदर्शनमा कम्तीमा ७ जनाको मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले जनाएको हो ।

सर्वोच्च नेता आङसाङ सूकीसहित निर्वाचित जनप्रतिनिधिको रिहाइको माग गर्दै सैन्य ‘कू’विरुद्ध डेढ महिनादेखि म्यानमारमा प्रदर्शन भइरहेको छ ।

अन्य एक जनाको अवस्था एकदमै गम्भीर भएर अस्पताल ल्याइएकोमा पछि मृत्यु भएको रोयटर्सले लेखेको छ ।

म्यानमारको स्थानीय संगठन अनुसार प्रदर्शनको क्रममा अहिलेसम्म ६० प्रदर्शनकारीहरुको मृत्यु भइसकेको छ भने २ हजारभन्दा बढी मानिसलाई सुरक्षा बलले बन्धक बनाएर राखेको जनाएको छ।

म्यानमारमा भएको प्रदर्शन र प्रदर्शनकारीहरुमाथि भएको ज्यादतीविरुद्ध मानवअधिकार संगठन एमनेस्टी इन्टरनेशनलले चिन्ता प्रकट गरेको छ । एमनेस्टीले सैन्य शासकले अब प्रदर्शनकारीहरुमाथि युद्धको रणनीति अपनाउन लागेको जनाएको छ ।