म्यान्मारको सेनाले गलत गरिरहेको भन्दै बाइडेनको कडा चेतावनी

2 years ago

म्यान्मारको सेनाले गलत गरिरहेको भन्दै बाइडेनको कडा चेतावनी

म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि अहिले संसारको ध्यान त्यतै खिचिएको छ । 

विभिन्न देशले सेनाको उक्त कदमको विरोध गरिरहेका छन् । यसै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि म्यान्मारको सेनाले गलत गरिरहेको भन्दै चेतावनी दिएका छन् ।

बाइडेनले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सू कि सहितका अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै त्यहाँको सेनाविरुद्ध कदम चालिने चेतावनी दिएका हुन् । अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले पनि नेतृ सूचीको गिरफ्तारीलाई “भयभीत पार्ने” हर्कत भनी व्याख्या गरेको बिबिसीले जनाएको छ ।

म्यानमारमा राष्ट्रपति लगायतका उच्च नेताहरू सेनाले नियन्त्रणमा लिएर एकवर्षे संकटकाल घोषणा गरेपछि संयुक्त राष्ट्रसंघको ध्यान पनि त्यतै मोडिएको छ। मङ्गलवार  राष्ट्रसंघको सुरक्षा परिषद्ले  म्यानमारमा भएको कूबारे छलफल गर्न आपतकालीन बैठक बोलाएको हो  । 

म्यानमारको पछिल्लो घटनाको युरोपेली संघका अतिरिक्त अस्ट्रेलिया, भारत, जापान, नेपाल लगायत देशले विरोध जनाउँदै प्रजातन्त्र फिर्ता गर्न अनुरोध गरेका छन् ।