म्यानमारको सैन्य ‘कु’ बारे : बाइडेन र मोदीबीच टेलिफोन वार्ता

2 years ago

म्यानमारको सैन्य ‘कु’ बारे : बाइडेन र मोदीबीच टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पहिलो पटक टेलिफोन वार्ता भएको छ । म्यानमारमा भएको सैन्य ‘कु’ बारे सोमवार टेलिफोन वार्तामा दुई नेताहरूबीच मुख्यरूपमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएको छ ।

‍बाइडेन र मोदीबीच कुराकानी भएपछि भारतीय प्रधानमन्त्रीले जारी गरेको विज्ञप्तिमा क्षेत्रीय भू-राजनीति, समसामयिक विश्व परिवेश, जलवायु परिवर्तन र आपसी सहकार्यका विषयमा छलफल भएको जनाएको छ।

मोदीले बाइडेनलाई बधाई र सफल कार्यकालका लागि शुभकामना दिदै ‍भारत-अमेरिका रणनीतिक सहकार्यका लागि काम गर्न सधैँ प्रतिबद्ध र आतुर रहेको बताउनुभयो।

बाइडेन र मोदी नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र स्वतन्त्र, खुला र समावेशी इन्डो-प्यासेफिकका लागि उस्तै सोच राख्ने देशहरूबीचको सहकार्यको महत्वलाई स्थापित गर्नेमा प्रतबद्ध रहेको बताएका छन । ‍