म्यानचेस्टर सिटीको जित

2 years ago

म्यानचेस्टर सिटीको जित

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले एभर्टनलाई हराएको छ । बुधबार राति भएको खेलमा सिटीले एभर्टनलाई ३-१ अन्तरले पराजित गरेको छ ।

एभर्टनको मैदानमा भएको खेलमा सिटीका फिल फोडेन, रियाद महरेज र बेर्नार्डो सिल्भाले एक एक गोल गरे । एभर्टनका रिचार्लिसनले एक गोल फर्काए ।

जितसँगै सिटीले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । सिटीको २४ खेलमा ५६ अंक छ । दोस्रो स्थानको युनाईटेडको ४६ अंक रहेको छ । एभर्टन ३७ अंकसहित सातौँ स्थानमा रहेको छ ।