म्यानचेस्टर युनाईटेड एफए कपको क्वाटरफाइनलमा

2 years ago

म्यानचेस्टर युनाईटेड एफए कपको क्वाटरफाइनलमा

म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलवार राति भएको खेलमा वेस्ट ह्याम युनाईटेडलाई अतिरिक्त समयमा १-० ले हराउँदै युनाईटेड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन स्कट म्याकटोमिनले निर्णायक गोल गरे । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

खेलको ९७ औं मिनेटमा म्याकटोमिनले गोल गर्दै युनाईटेडलाई जित दिलाए ।