म्यानचेस्टर युनाइटेडको जित

2 years ago

म्यानचेस्टर युनाइटेडको जित

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब रियल सोसिडाडविरुद्ध फराकिलो जित निकालेको छ । युरोपा लिग फुटबलअन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टरले सोसिडाडलाई ४–० गोल अन्तरले पराजित गर्‍यो ।

म्यानचेस्टरको जितमा ब्रुनो फर्नान्डेसले २ तथा मार्कस रासफोर्ड र डानिल जेम्सले १र१ गोल गरेका थिए । त्यस्तै युरोपा लिग फुटबल अन्तर्गतकै खेलमा इङ्लिस क्लब आर्सनल बराबरीमा रोकिएको छ ।

बिहीबार राति भएको खेलमा आर्सनल पोर्चुगित क्लब बेन्फिसँग १–१ को बराबरीमा रोकिएको हो ।

पहिलो हाफ गोलरहीत बराबरीमा सकिएकोमा ५५औँ मिनेटमा बेन्फिन्काले अग्रता लिएको थियो । तर ५७औँ मिनेटमा आर्सनलले गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो ।