म्यानचेष्टर र एभरटन बिच बराबरी गोल

2 years ago

म्यानचेष्टर र एभरटन बिच बराबरी गोल

शनिवार राति भएको खेलमा  प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर युनाइटेड र एभरटनले ३-३ गोल गरेर अंक बाँडेका छन् । 

घरेलु मैदानमा युनाइटेडका डोमिनिक काल्भर्ट लेविनले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरेका थिए । ‍ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले दुई पटकको अग्रता जोगाउन सकेन । एभरटनले भने शानदार पुनरागमन गर्दै युनाइटेडसंग अंक खोस्न सफल भयो र खेलको २४औं मिनेटमा एडिनसन कभानीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको अन्तिममा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे र ‍दोस्रो हाफमा चार गोल गरे । एभरटनले तीन गोल फर्कायो । ४९औं मिनेटमा अबुदुलाए डाकुरे र ५२औं मिनेटमा जेम्स रोड्रिगेजले गोल गरेपछि दोस्रो हाफ सुरु भएको सात मिनेटपछि नै एभरटनले २-२ को बराबरीमा पुर्‍यायो ।

७०औं मिनेटमा स्कट म्याकटोमिनेले गोल गर्दै युनाइटेडलाई ३-२ को अग्रता दिलाए ।युनाइटेड जिततर्फ अघि बढिरहेको थियो । निर्धारित ९० मिनेटमा अग्रता कायमै थियो । तर इन्जुरी टाइमको पाँचौ मिनेट काल्भर्ट लेविनले गोल गर्दै युनाइटेडलाई जितबाट रोके ।बराबरीपछि युनाइटेडले लिग लिडर म्यानचेष्टर सिटीसँग अंक बराबरी गर्ने अवसर गुमायो ।

२३ खेलबाट ४५ अंकसहित युनाइटेड दोस्रो स्थानमै छ । २१ खेलबाट खेलेको सिटीको ४७ अंक छ र यस बराबरीले सिटीलाई फाइदा पुगेको छ । एभरटन २१ खेलबाट ३७ अंकसहित छैटौं स्थानमा छ ।लिग लिडर सिटीले आज राति साविक विजेता लिभरपुलसँग खेल्दैछ ।