मिचिगनमा बाइडेन विजयी

2 years ago

मिचिगनमा बाइडेन विजयी

अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले मिचिगनमा जित दर्ता गराएका छन् ।

त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक आफ्नो सत्ता परिवर्तनको कुरा स्विकारेका छन् । तर उनले हालसम्म हार भने मानेका छैनन् । मिचिगनमा चुनाव अधिकारीहरुले जो बाइडेन विजयी भएको घोषणा गरेका छन् ।

बाइडेनले त्यहाँ १ लाख ५४ हजार मतले जित हाँसिल गरेका हुन् । जसका कारण राष्ट्रपति ट्रम्पलाई गम्भीर धक्का लागेको छ । उनी अझै पनि चुनावमा धाँदली भएको आरोप लगाईरहेका छन् ।

राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुसँगको कुराकानीमा सत्ता परिवर्तन भएको तर हार आफूले अझै नस्विकारेको बताएका छन् । उनले आफूले कानूनी लडाईं जारी राख्ने बताएका छन् ।