मंगलबार राति भएको पहिलो टोटनहम हट्सपर लिग कपको फाइनलमा प्रवेश गरेको छ

2 years ago

मंगलबार राति भएको पहिलो टोटनहम हट्सपर लिग कपको फाइनलमा प्रवेश गरेको छ

सेमिफाइनलमा च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २(० ले पराजित गर्दै टोटनहमले फाइनलमा स्थान भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटनहमले दुवै हाफमा एकर एक गोल गरेर पराजित गरेको छ । खेलको १२औं मिनेटमा माउसा सिकोले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए ।

७०औं मिनेटमा हेउन मिन सनले दोस्रो गोल गरे । टोटनहमले अब फाइनलमा दुई म्यानचेष्टर क्लबबीचको विजेतासँग खेल्ने छ । म्यानचेष्टर युनाइटेड र म्यानचेष्टर सिटीबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुने भएको छ । फाइनल खेल अप्रिल २५ मा वेम्लीमा हुनेछ ।