भारतले गर्यो आफ्नो शक्तिशाली व्रह्मोसको परीक्षण

2 years ago

भारतले गर्यो आफ्नो शक्तिशाली व्रह्मोसको परीक्षण

भारतले आफ्नो सबैभन्दा अतरनाक व्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको ल्याण्ड अट्याक भर्जनको सफल परीक्षण गरेको छ । यो मिसाइलको परीक्षण २४ नोभेम्बर अर्थात् आज बिहान १० बजे अण्डमान र निकोबार द्वीप समूहको एक अज्ञात द्वीपबाट गरिएको थियो ।

मिसाइलबाट यो द्वीप समूहको एक अन्य द्वीप वीरान द्वीपमा लगाइएको टार्गेटलाई ध्वस्त बनाइएको थियो । चीनसँगको सीमा विवादकाबीच एकपछि अर्को मिसाइल परीक्षण गरिरहेको भारतका यी गतिविधिलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।