भारतमा बर्डफ्लु देखिएसँगै कुखुरा तथा मासुजन्य वस्तु आयातमा रोक

2 years ago

भारतमा बर्डफ्लु देखिएसँगै कुखुरा तथा मासुजन्य वस्तु आयातमा रोक

भारतका विभिन्न ठाउँमा बर्डफ्लु देखिएपछि नेपाल सरकारले  बर्ड फ्लु नेपाल भित्रिन नदिन तत्कालका लागि कुखुरा तथा मासुजन्य वस्तु आयातमा रोक लगाएको छ । 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले देशभरका आठवटा क्वरेण्टीन कार्यालयलाई पत्र पठाएर आयातमा रोक लगाउन निर्देशन दिएको छ ।

भारतमा विगत १ सातादेखि  हजारौं संख्यामा चरा तथा हाँसहरू मर्न थालेपछि नेपालमा पनि सर्तकता स्वरूप यस्तो कदम चालिएको हो । बर्ड फ्लु भित्रिन नदिन अहिले विभिन्न ठाउँमा पशु क्वरेण्टीन कार्यालयले जाँच गर्न थालिसकेको मन्त्रालयले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले  सूचना जारी गर्दै कुनै पनि पक्षी तथा मासुजन्य वस्तुहरू देशबाहिर निर्यात तथा आयात गर्न बन्द गरिएको जनाएको छ । 

मन्त्रालयले पशु सवास्थ्य तथा पशु सेवा ऐन २०५५ बमोजिम हालका लागि आयात निर्यात बन्द गरेको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले बताएउनु भयो । यदि कसैले अवैध रूपमा मासुजन्य वस्तु भित्र्याएको पाइएमा  बर्डफ्लु रोग निर्देशिका आदेश २०६४ बमोजिम कारबाही हुने उहाँले जानकारी दिनुभयो।