भारतमा नयाँ कोरोना संक्रमितको संख्या घट्दै

2 years ago

भारतमा नयाँ कोरोना संक्रमितको संख्या घट्दै

भारतमा तिव्रगतिमा बढेको कोरोना संक्रमणको सङ्ख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पछिल्लो २६ दिनयताकै कम देखिएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८१ हजार ३८६ नयाँ संक्रमित थपिएका छन् । यद्यपि सो अवधिमा कोरोना संक्रमणको कारण ४ हजार १०६ जनाको मृत्यु भएको छ ।

यो सँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या २ करोड ४९ लाख ६५ हजार नाघेको छ भने कोरोना संक्रमणको कारण २ लाख ७४ हजार ३९० जनाको मृत्यु भएको भारतको स्वास्थ्य परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा ३४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने तामिलनाडुमा कोरोनाका नयाँ संक्रमितको संख्या ३३ हजारभन्दा बढी संक्रमित भएका छन ।

कर्नाटकमा ३१ हजार तथा केरलामा २९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा भारतका अधिकांश राज्यमा कोरोनाका सक्रिय संक्रमितको संख्यामा कमी आएको छ ।