भारतमा कोरोना संक्रमित घट्दै

2 years ago

भारतमा कोरोना संक्रमित घट्दै

भारतमा तिव्र रुपमा फैलिएको कोरोना संक्रमितको संख्या पहिलाको भन्दा घट्दै गएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७६ हजार ५९ नयाँ संक्रमितको पुष्टि भएको छ भने ३ लाख ६८ हजार ७८८ संक्रमित निको भएको छ ।

बुधबार सक्रिय संक्रमितको संङख्यामा कमी आएको छ । पछिल्लो २४ घण्टामा भारतमा कूल ३,८७६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने हालसम्म २.५७ करोड जना संक्रमित भइसकेको छ ।

भारतमा २.२३ करोड व्यक्ति कोरोनाबाट निको भईसकेका छन । हालसम्मको भारतमा कोरोनाबाट मृत्यु हुनेको संङख्या २.८७ लाख पुगेको छ ।