भारतमा आज बन्द र चक्काजाम

2 years ago

भारतमा आज बन्द र चक्काजाम

भारतका करिब ८ करोड खुद्रा व्यापारीका संगठन कन्फडरेशन अफ अल इन्डिया ट्रेडर्स (सीएआईटी) र यातायातको संगठन अल इन्डिया ट्रान्सपोर्टर्स वेलफेयर असोसिएशनले आज भारत बन्द र चक्काजामको आह्वान गरेका छन् ।

भारतको खुद्रा पसले अमेजनजस्तो रिटेल चेनको बढ्दो प्रभाव र कथित मनमानीबाट निकै रिसाएका छन्। यसबाहेक उनीहरु वस्तु एवं सेवा कर (जीएसटी) मा परिवर्तनको पनि माग गरिरहेका छन् ।

अर्कोतर्फ यातायात व्यवसायी पेट्रोल–डिजेलको बढ्दो मूल्य र ई–वे बिलमा आएको समस्याका कारण रिसाएका छन् ।

त्यसैले कन्फडरेशन अफ अल इन्डिया ट्रेडर्स (सीएआईटी) र अल इन्डिया ट्रान्सपोर्टर्स वेलफेयर असोसिएशन (एआईटीडब्ल्यूए) ले २६ फेब्रुअरी शुक्रबार अर्थात् आज भारत बन्दको आह्वान गरेका छन्। यसका साथै राज्यका थुप्रै व्यापारी संगठनले पनि यो मागको समर्थन गरेका