भारतको राजस्थानस्थित जयपुरमा शल्बी हस्पिटलमा उपचाररत महिलामाथि बलात्कार

2 years ago

भारतको राजस्थानस्थित जयपुरमा शल्बी हस्पिटलमा उपचाररत महिलामाथि बलात्कार

बिरामीको उपचार र सेवासुविधामा ध्यान दिनुपर्ने नर्सिङ स्टाफले नै आईसीयूमा भर्ना भएको  बिरामीमाथि बलात्कार गरेको घटना पत्याउन गाह्रो पर्ला । 

तर भारतको राजस्थानस्थित जयपुरमा शल्बी हस्पिटलमा उपचाररत महिलामाथि बलात्कार भएको छ । पुरुष नर्सिङकर्मीले महिला बिरामीमाथि राति कोही नभएको मौकामा बलात्कार गरेका भारतीय सञ्चारमाध्यमले जनाएको छ । 

आईसीयूमा भर्ना भएको ती महिलाको शल्यक्रिया गरिएको थियो भने मुखमा मास्क थियो र दुवै हात बाँधिएका थिए ।

बलात्कारपछि ती महिला रातभर रोइरहिन् र बिहान आफ्ना पति आएपछि घटनाबारे जानकारी दिइन् । त्यसपछि स्थानीय चित्रकूट थानामा उजुरी दर्ता गरिएको थियो भने आरोपी नर्सिङकर्मीलाई पक्राउ गरेका छन् ।

पतिले भने अस्पतालमा बिरामी कुरुवालाई बस्न दिने गरेको छैन । आवश्यक पर्‍यो भने खबर गर्ने भन्दै अस्पतालमा बिरामीलाई मात्रै आईसीयूमा राखेर कुरुवालाई घर पठाउने गरेको छ ।