भारतको मध्यप्रदेशमा वनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेका कारण देशभर वर्षा

2 years ago

भारतको मध्यप्रदेशमा वनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेका कारण देशभर वर्षा

भारतको मध्यप्रदेशमा वनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेका कारण देशभर वर्षा भएको छ ।

जल तथा मौसम विभागका अनुसार मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ रहेको छ । देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश न ५ र कर्णाली प्रदेश तथा आसपासका भूभागका केही स्थानमा वर्षा भएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तीन दिन भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।